
नेपालअखबार, बारा । खानेपानी मन्त्री अब्दुल खानले बुधबार पदभार ग्रहण गर्नुभएको थियाे । पदभार ग्रहण गरेकाे दाेस्राे दिन नै बारा जिल्लाकाे आदर्श काेतवाल गा. पा. च्यूटहवामा खानेपानीको निरिक्षण गर्न पुग्नु भएकाे छ । मन्त्री खानले ‘खानेपानीमा थुप्रै समस्या छन्, खानेपानीमा नयाँ र प्रभावकारी काम गर्न महत्वपूर्ण कामहरु गर्नु वर्तमान आवश्कता रहेकाे बताउनु भयाे ।
स्थानीय जनताकाे व्यापक उपस्थिति रहेकाे थियाे । मन्त्रीलाई आफ्नाे घर आगनमा देख्दा स्थानीयहरू खुसि हुदै जनताका लागि घरदैलाेमा पुग्ने मन्त्रीसग सधै जनताले आशf गर्ने भएकाले हाम्राे विश्वास नताेड्न आग्रह गरेका थिए । सधै देश र जनताका साथमा रहन भन्दै आशि दिएका छन् ।

मन्त्री खानले खानेपानीका कर्मचारीहरूसंग,बारा,पर्सा र राैतहट जिल्लामा रहेका खानेपानी मन्त्रालय अन्तरगतकाे बिरिफिगं लिएका छन् । साथै ढिलासुस्ती हटाई,छिटाे छरिताे र चुस्त सेवा प्रवाह दिन निदेर्शन दिएकाछन् ।

