Wednesday, April 29

खानेपानी मन्त्री खानले भने निजि विद्यालयलाई मर्यादित र ब्यवहारिक बनाउन पर्ने

नेपालअखबार, बारा ।  खानाेपानी मन्त्री  अब्दुल  खानले भने वसन्त पञ्चमीका दिन बालबालिकाकाे जिवन नयाँ रेखाकाेरिने दिनकाे रूपमा समुदायमा परिचित रहेकाले यसकाे महत्व बढ्दै गएकाे बताएका छन् ।

Advertisement

प्रमुख अतिथि मन्त्री खानले शिक्षाले नै समाज र मानव जिवन परिवर्तन गर्न  सक्ने बताउनु भयाे । मन्त्री खानले निजि विद्यालयहरुलाई मर्यादित र ब्यवहारिक बनाउन सुझाव दिएका छन् ।

बारा जिल्ला देवताल गा.पा. -२ काेदेवताल एकेडेमीमा सरस्वती पूजा वसन्त पञ्चमीकाे कार्यक्रम अनुठा राय यादवकाे अध्यक्षता सम्पन्न भएकाे थियाे ।  एकेडेमीद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा  गाउँपालिकाका वडा अध्यक्षहरूले लगायत स्थानीय आदरणीय व्यक्तित्वहरु   शुभकामना सन्देश दिएका थिए ।