Tuesday, July 21

आगलागीबाट क्षति पुगेको गोरखाको पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्रीसँग माग

नेपालअखबार, काठमाडाैं । आगलागीबाट क्षति पुगेको गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जनप्रतिनिधि र नेताहरूले माग गरेका छन्।

Advertisement

चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा रहेको गुम्बामा गत माघ १० गते आगलागी भएको थियो। आगलागीबाट गुम्बा जलेर नष्ट भएको थियो भने करोडौंको क्षति भएको अनुमान गरिएको छ।

Advertisement
Advertisement

करिब दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति भएकोले पुनर्निर्माणमा सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग माग गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

Advertisement

‘हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिदिन अनुरोध गरिएको हो,’ उनले भने।

गुम्बा आगलागी भएपछि निरीक्षणका लागि गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने र गोरखाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख माघ ११ मा ल्हो पुगेर फर्केका थिए। उनीहरूले पनि गुम्बा पुनर्निर्माण गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग पहल गरिने बताएका थिए।