
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शहीदहरूको सपना साकार पार्न आजको दिनले सबैमा हौसला प्रदान गर्न सक्नुपर्ने बताउनु भएको छ ।
शहीद दिवसको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष नेपालले शहीदहरूको योगदानको प्रतिफलस्वरूप मुलुकमा अहिलेको राजनीतिक उपलब्धि हासिल भएको बताउनु भएको छ । सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा र विकास गरी सामाजिक न्यायमा आधारित समृद्ध समाजवादी मुलुक निर्माण गर्न सकेमा शहीदहरू प्रति सच्चा सम्मान हुने उल्लेख गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ शहीदहरूको सपना साकार पार्न यस दिनले सबैमा हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । शहीद दिवस, २०७९ को अवसरमा देश र जनताको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द सहित सम्पूर्ण ज्ञातअज्ञात शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु भन्नु भएको छ ।

