Tuesday, July 21

सहिदहरुको प्रेरणा मार्गदर्शन सहित समृद्ध लोकतन्त्र र समाजवादको दिशातर्फ अघि बढाउनु आजको आवश्यकता हो -सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले सहिदहरुको प्रेरणा लिएर आजको लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै समाजवादको दिशातर्फ अघि बढाउनु अहिलेको आफूहरुको  कर्तव्य भएको बताउनु भएको छ ।

Advertisement

शहीद दिवस २०७९ को अवसरमा शुभकामना सन्देश मार्फत पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनलले  अमर शहिदहरु प्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै  शुभकामना सन्देशमा भन्नु भएको  छ तिनै वीर अमर सहिदहरूको समेत योगदानको परिणाम स्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आइपुगेका छौं। हामीले वहाँहरूबाट समेत निरन्तर प्रेरणा लिएर आजको लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै नेपाली समाजलाई समाजवादको दिशातिर अघि बढाउनु हामी सबैको कर्तव्य भएको उल्लेख गर्नु भएको छ ।

Advertisement
Advertisement

उहाँले  निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउने हाम्रा वीर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमा लगायतले सहादत प्राप्त गर्नुभएको थियो । म सर्वप्रथम वीर अमर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु सन्देशमा भन्नु भएको छ ।

Advertisement

वहाँहरू नै नेपालमा लोकतन्त्र, राष्ट्रियता र मानव अधिकारका आवाज घन्काउने प्रथम पङ्क्तिका योद्धाहरु हुनुहुन्थ्यो । वहाँहरूको त्यो युगीन आवाज र असाधारण बलिदानले निरंकुश राणा शासनको जगलाई नै हल्लाइदियो । नेपाली जनतामा लोकतन्त्रको व्यापक जागरण पैदा गरिदियो । जसको परिणाम स्वरूप २००७ सालको क्रान्ति सम्पन्न हुन सक्यो र नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्यो । नेता खनालको सन्देशमा उल्लेख छ ।