Sunday, August 30

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

नेपालअखबार, काठमाडाै । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ।

Advertisement

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

Advertisement
Advertisement

मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।

Advertisement

परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका थिए।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्री लगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ।

शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरु हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण सकेर परराष्ट्र मन्त्री पौड्याल आइतबार स्वदेश फर्किने कार्यक्रम छ।