Tuesday, September 22

सुर्खेतमा मृत भेटिए युवा

नेपालअखबार, सुर्खेत। सुर्खेतमा एक युवा मृत भेटिएका छन्।

Advertisement

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement