Tuesday, July 21

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवी ढकाल नियुक्त

नेपालअखबार, काठमाडाैं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र) का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन्।

Advertisement

भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो।

Advertisement
Advertisement

विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ। यसअघि उनका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन्। मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका छन्।

Advertisement

यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रूपमा समेत काम गरेका थिए।

बागमती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमान्दार भएर निर्वाह गर्ने नेता ढकालले बताए।

उनले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जम्कट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिए।