Tuesday, July 21

परराष्ट्रमन्त्री पौड्यालसँग बंगलादेशका राजदूतको भेट

नेपालअखबार,  काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले भेट गरेका छन् । मंलबार मन्त्रीराईलाई भेट्न राजदूत चौधरी परराष्ट्र मन्त्रालय पुगेका थिए ।

Advertisement

भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छन् । साथै, नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५ औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरेका थिए ।

Advertisement