Sunday, August 16

आज प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।  आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ ।

Advertisement

बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ।

Advertisement
Advertisement

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

Advertisement

यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।