Saturday, April 18

गोरखा जेसिजको ३९ औं पदस्थापना सम्पन्न

गोरखा जेसिज गोरखाको ३९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीले बर्ष २०२० का अध्यक्ष सुवास मल्लालाई पद हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बैशाख ६ गते भएको अधिवेशनबाट चयन भएका र मनोनित भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।

Advertisement

बर्ष २०२० का लागि कार्यकारीणी उपाध्यक्षमा मिलनसिं बस्नेत र सन्तोष दवाडी, उपाध्यक्षमा सजना श्रेष्ठ, सुरेश गुरुङ, सुमन गुरुङ, राजेश श्रेष्ठ, सहसचिवमा अर्जुन रसाइली चयन भएका थिए । त्यस्तै महासचिवमा शिवहरी तिमिल्सिना, कोषाध्यक्षमा पुष्कर गुरुङ, कानुनी सल्लाहकारमा अश्विन ढुंगाना, अध्यक्ष सल्लाहकारमा सुरज श्रेष्ठ मनोनित भएका छन् ।

यसैगरी पर्यटन प्रवद्र्धन संयोजकमा प्रविन बस्नेत, सहकोषाध्यक्ष रमेशकुमार श्रेष्ठ, एरिया बि डाइरेक्टरमा बालकुमार विक, लोन अडिटरमा रुवेन्द्र कुवँर, जनसम्पर्क संयोजकमा सावित्री थापा पुलामी, तालिम संयोजकमा मोहसिन अलि मियाँ, सञ्चार निर्देशकमा प्रतिभा श्रेष्ठ र आर्थिक संकलन संयोजकमा रमेश थापा मनोनित भएको जेसिजले जनाएको छ ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा जेसिजको मातृ संस्था पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा, नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष विजय गुरुङ, राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, पूर्व निरुपित कार्यकारी उपाध्यक्ष रमेशचन्द्र भुषाल, गोरखा जेसिजका संथापक अध्यक्ष शरदबाबु श्रेष्ठ, पूर्वअध्यक्ष राजेन्द्र अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रमकै अवसरमा बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीले गोरखा जेसिजका संस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षहरुलाई कदरपत्र द्धारा सम्मान समेत गरेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका पदाधिकारी, छिमेकी शाखाका अध्यक्ष एवं बिभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *