Thursday, July 9

शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा

मोहसिन अलि मियाँ
गोरखा ।
पहिलो पटक सार्वजानिक विदा नै दिएर गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा भब्य कार्यक्रम आयोजना ग¥यो ।

Advertisement

१४ वटै वडाबाट झाँकी सहित बिभिन्न जातजातीको संस्कृती झल्कने ¥याली सहित कार्यक्रम स्थल गोरखा संग्रहालयभित्र शाहको शालिकअघि उभिएर धेरैले उनको योगदानको प्रशंसा गरे ।

Advertisement
Advertisement

‘हाम्रो देश चार जात छत्तिस वर्णको फुलबारी हो’ शाहकै भनाई दोहो¥याउदै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले भने ‘उहाँको दिव्योपदेश मात्रै पालना गर्ने हो भने पनि देशको मुहार फेरिने निश्चित छ ।’

Advertisement

कार्यक्रमका अध्यक्ष समेत रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहासलाई बद्नाम गराउन खोज्नेहरुको योजना असफल भएको टिप्पणी गरे ।

‘हिजोका दिनमा जुन किसिमले इतिहासलाई बद्नाम गर्न खोजियो, कलंक सोचियो, त्यो आज आएर गलत सावित भएको छ’ पन्तले भने ‘हाम्रो सम्पत्ती भनेकै इतिहास हो, हामीले सम्मान गर्न सिक्नुपर्छ ।’

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै पृथ्वीजयन्तीकै अवसरमा गोरखा नगरपालिकाले ‘गोरखा जाऔं’ अभियानको समेत सुरुवात गरिएको उनले बताए । ‘इतिहास बेचेर हामी पर्यटन भित्राउन चाहान्छौ’ नगरप्रमुख पन्तले भने ।

पृथ्वीनारायण शाहलाई सलामी दिदै नेपाली सेना

गोरखा उद्योगा बाणिज्य संघको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गोरखा नेपालको ‘माइलस्टोन’ रहेको बताए । त्यस्तै मातृभुमी नेपालका देवप्रकाश त्रिपाठीले पृथ्वीनारायण शाहको इतिहास विना हामी अपुरो हुने तर्क गरे ।

नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले १२ बर्षपछि खोलो फर्किदा गोरखाली उत्साहित बनेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति सुकदेव दवाडी, नेकपाका जिल्ला सदस्य सानुमाया बस्नेत, समाजवादी पार्टीका अध्यक्ष नारायण खत्री, राप्रपाका शंकर अधिकारी, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योती श्रेष्ठ, जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले शाहको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रम गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्केले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *