Wednesday, July 22

दोलखाको कटुवाचौर बजारमा आगलागी

नेपालअखबार, दोलखा ।  दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ । गएराति कालिन्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।

Advertisement

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

Advertisement
Advertisement

रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रण गर्न समेत पुगेको छ । स्थानीयका अनुसार आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि  मरेका छन्।

Advertisement