Wednesday, July 22

सभामुख निवास व्यवस्थापन अघि बढिसकेकाे छ : शहरी मन्त्रालय

नेपालअखबार, काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनसँगको शीर्षक जोडेर सामाचर प्रकाशित/प्रशारित भएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अति विशिष्ट पदाधिकारीहरुको आवास व्यवस्थापन तथा मर्मतलगायत आवश्यक फर्निसिङसमेत मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको भन्दै सभामुखको आवास व्यवस्थापनको कार्य अघि बढिसकेको जानकारी गराएका छन् ।

Advertisement
Advertisement

मन्त्रालयले सभामुखको आवास व्यवस्थापन यथाशीघ्र मिलाउने गरी कार्यालयले तदारुकताका साथ काम गरिरहेको भन्दै निराधार समाचारबाट भ्रममा नपर्न पनि सबैमा आग्रह गरेको छ ।

Advertisement