Wednesday, July 22

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।

Advertisement

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्।

Advertisement

महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।

उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।