Tuesday, July 21

१५ दिन भित्र तुइनको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

नेपालअखबार, काठमाडौं । सरकारले १५ दिनभित्र तुइनको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । अहिले सञ्चालनमा रहेका तुइनको विवरण पठाउन पुष २८ गतेको शहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय पूर्वाधार विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई यस्तो विवरण उपलब्ध गराउन परिपत्र गरेको हो ।

Advertisement

कतिपय स्थानमा अझै पनि मानिसले तुइन प्रयोग गरी खोला नाला तरिरहेका समाचार सार्वजनिक भइरहेको भन्दै यस्तो निर्णय गरिएको विभागका सिनियर डिभिजनल इन्जिनियर कृष्णबहादुर कटवालले जानकारी दिए । उनका अनुसार विभागले नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि विवरण उपलब्ध गराउनका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्रीस्तरीय निर्णयबाट ७ वर्ष अघि २०७२ सालमा भएको निर्णय बमोजिम पहिचान भएका लगभग सबै तुइन झोलुंगेपुलद्धारा विस्तापन हुने चरणमा पुगिसक्दा पनि पटक–पटक तुइनबाट खसेर मान्छे बेपत्ता भएका समाचार आइरहेका छन् ।

Advertisement