
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को मुखपत्र समाजवाद प्रकाशित भएको छ । पार्टीको यही माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रमा पार्टीको त्रैमासिक मुखपत्र समाजवाद र कलम एप्स लोकार्पण हुने कार्यक्रम तय भएको छ ।
समाजवाद र एप्स पार्टीको प्रचार विभागले प्रकाशन तथा सार्वजनिक गर्न लागको हो । समाजवादमा १४ जना नेताहरूको महत्वपूर्ण सामाग्रीहरू रहेका छन् । १७८ पृष्ठको समाजवादमा पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीको क्रान्तिकारी पूनर्गठन , सम्मानित नेता झलनाथ खनालको समाजवादी जनप्रतिनिधि र हाम्रो कार्यदिशा, उपाध्यक्ष प्रमेश हमालको कम्युनिष्ट पार्टीमा विचार धारात्मक काम, उपाध्यक्ष जयन्ती राईको नेपालमा वर्ग र वर्ग सङ्घर्षको अवस्था ,महासचिव डा. वेदुराम भुसालको सङ्ख्यामा व्यापक गुणमा उन्नत पार्टी निर्माण गरौं रहेका छन् ।

पुस्तकमा उपमहासचिव डा. गंगालाल तुलाधरको विपद् सुरक्षित पूर्णधार ,समाजवादको आधार ,उपमहासचिव प्रकाश ज्वालाको कम्युनिष्ट घोषणापत्र र नेपाली क्रान्तिका सन्दर्भमा यसको सामयिकता, उपमहासचिव जगन्नाथ खतिवडाको पार्टी सुदृढिकरणको नयाँ दिशा , पार्टीका सचिवालय सदस्य रामचन्द्र झा को समाजवादको नेपाली प्रारुप ,स्थायी कमिटी सदस्य सावित्रा भुसालको महिला आन्दोलन र अनेमसंघ समाजवादी, स्यायी कमिटी सदस्य भविसोर पराजुलीको नेपाली विशेषताको समाजवाद वारे ,पोलिटव्युरो सदस्य गणेश विश्वकर्माको नेपाल कम्युनिष्ट पार्टी र दलित मुद्दाको सम्बोधन, केन्द्रीय सदस्य दामोदर अर्यालको नेपाली समाजवादी आन्दोलनका केही सैद्धान्तिक आधार ,केन्द्रीय सदस्य अशेष घिमिरेको प्रतिरोध विद्रोह र समाजवाद सहित अन्य महत्वपूर्ण सन्दर्भ सामाग्रीहरू र दस्तावेजहरू रहेका छन् ।

