Wednesday, July 22

राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन

नेपालअखबार, चितवन। भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्।

Advertisement

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।

Advertisement
Advertisement

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन्।

Advertisement

विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए।

उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।

भरतपुर-१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको बताइन्।

अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए।

उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।