
नेपालअखबार, सप्तरी। सप्तरी जिल्लाकाे राजगढ गाउँपालिका वडा नम्बर ४ बेल्ही चपेनामा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा वर्तमान समयमा एकजना पनि शिक्षक उपस्थित छैनन् । विद्यालयमा शिक्षक उपस्थिति हुन छाडेपछि शिक्षालिन पाउने अधिकारवाट बञ्चित भएका विद्यार्थीहरूले आन्दोलनमा उत्रिए बाध्य भएका छन्।
श्री जनता माध्यमिक विद्यालयमा हाल सम्म सरकारकाे तर्फबाट मा. बि. र नि.मा. बि स्तरमा एउटाकाेटामा पनि दरबन्दी नभएकाे स्थानिय अभिभावले जान्कारी दिएका छैन्। अस्थायी शिक्षकका रूपमा प्रय पहुचमा रहेका व्यत्तिहरूका आफ्न्त तथा आफ्नै परिवार, काका, भतिजा, आफन्तबाद, नाताबाद लगायतका अयोगय शिक्षककाे नियुक्ति हुने गरेकाे स्थानिय बताउछन् ।
यसकारण शिक्षाकाे गुणस्तर खस्किदै छ भने विद्यार्थीहरूकाे भविष्य नै बर्बाद भईसकेकाे अभिभावकले बताए । सरकार साथै स्थानिय निकायकाे ध्यान आकर्षण होस् भन्दै विद्यार्थीहरू आन्दोलन गर्न बाध्य भएका बताए । श्री जनता माध्यमिक विद्यालयमा प्रति स्थानिय सरकारले खासै ध्यान नदिएकाे विद्यार्थीहरूकाे आराेप रहेकाे छ । हामीले शिक्षा लिन पाउनु पर्छ भन्दै सडकमा नै विद्यार्थी भाई बहिनिहरुको उत्तिन बाध्य छन् । शिक्षा लिन पाउनु जनताकाे माैलिक अधिकार र बालअधिकार भएता पनि सरकारकाे ध्यान नपुग्दा बालबालिका सडक आन्दोलनमा उत्रिर्न बाध्य भएका छन् ।
