Friday, July 3

चिकित्सक संघको अध्यक्षमा कार्की निर्वाचित

नेपालअखबार, काठमाडाैं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।

Advertisement

सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए।

Advertisement
Advertisement

उनका निकटत प्रतिद्वन्द्वी डा सन्तोष पौडेलले दुई हजार तीन यस २३ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा शिवजी विक्रम सिलवालले एक सय ९० मत पाएका थिए।

Advertisement

मधेस प्रदेश उपाध्यक्षमा डा नीरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा राजन शर्मा र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा प्रशान्त भट्ट निर्वाचित भएका छन्।

माघ २२ गतेदेखि भएको मतगणना मंगलबार सकिएको हो।

यसअघि वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, प्रदेश नम्बर १ उपाध्यक्षमा डा विपेश आचार्य, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका थिए।

महासचिवमा डा सञ्जिव तिवारी निर्वाचित भएका छन्।

सङ्घको सदस्यमा डा अमृत रञ्जन मिश्र, डा किशोर कार्की, डा स्मृति महत, डा सिर्जना विष्ट, डा तेङ्सुसिंह मल्ल र डा योभिन यादव निर्वाचित भएका छन्।

कोषाध्यक्ष डा प्रमोद जोशी, सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनमा कूल १२ हजार आठ सय ३४ मध्ये छ हजार दुई सय ९२ मत खसेको छ।

सङ्घको नयाँ नेतृत्वमा लागि गत माघ ६ गते र ७ गते उपत्यका बाहिरका र उपत्यकामा तीन दिन माघ १९, २० र २१ गते उपत्यकामा निर्वाचन भएको थियो।