Tuesday, May 26

सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को ख अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

Advertisement

सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डीआईजीको पद रिक्त छ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।