Friday, July 3

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

नेपालअखबार, गोरखा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेल रहेका छन् ।

Advertisement
Advertisement

माघ २० गते साँझ ललाई-फकाई आफ्नो घरको कोठामा लगेर पोखरेलले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

गत पुस ३० गते पनि उनले बालिकालाई घरमा लगेर जबरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।पक्राउ परेका पोखरेलविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी म्‍याद थपेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।