Saturday, May 2

नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक – नेता झाक्री

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) का सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताउनुभयो ।

अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ यशिया बिजनेश पार्टनरशिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाईटीको कार्यक्रममा पूर्व मन्त्री झाक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरुलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

दुईदेश बीचको व्यापार साझेदारीकालागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । विगत लामो समयदेखिको नेपाल बंगलादेशबीचको सम्बन्धलाई थप व्यवसायिक तथा साँस्कृतिक आदन प्रदान गर्नुपर्ने समेत उहाँले बताउनुभएको हो ।

साउथ एशिया बिजनेश पार्टनरशिपका अध्यक्ष गोलाम फारुक मजनुले पर्यटन तथा व्यापारिक सम्बन्ध अझ मजबुत बनाउदा दुई देशबीच आर्थिक रुपमा पनि सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो ।