
सपना क्षेत्री । उधमी बनौ उधम गरौ सहकारी माफर्त गरिवी निवारण गरौ भन्ने मुल नारा लिएर अगाडि बढेको सहकारी संस्था मोदी गाउँ पालिका वडा नं ८ चित्रे को तमु सामाजिक भवन मा पञ्चासे सामाजिक उधमी सहकारी संस्था लि ले आफ्नो आठौं वार्षिक साधारण सभा सन्चालन सविना के.सी ले गर्नु भएको थियो । समाहरोमा उपस्थित प्रमुख अतिथि सुक बाहादुर गुरुङ (चित्रे वडा अध्यक्ष ) विशिष्ट अतिथि वुद्ध पौडेल (इनप्रेड नेपाल सस्था पर्वतका सामाजिक परिचालक ) अन्य वडाका सदस्य भबिला शर्मा लगायतको सहकारीका साधारण सदस्यहरुको उपस्थित रहेको थियो ।
यसै क्रममा सहकारी संस्थापक अध्यक्ष सुशिला देवी गुरुङ उपाध्यक्ष मिठु क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो विगत दश वर्ष अगाडि देखि सन्चालनमा मा आएको यस सहकारी संस्थाले अपार सफलता प्राप्त गरेको कुरा बताउनु भयो दिदि बहिनि मिलि सन्चालन मा आएको र १०० रूपैयाँबाट बचत गरेको यस सस्थामा अहिले आएर बालबचत माषिक बचत र शेयर समेत जम्मा गर्ने र उधम गर्ने को लागि ऋण लिएर उधम गर्ने सकिन्छ ।
यस संस्थाको अझै सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि सुक बाहादुर गुरुङ ले दिदि बहिनि मिलि सन्चालन गरेको यस सहकारी देखि हामी धेरै खुसी छौ ऋण लिने र उत्पादन क्षेत्र मा लगानी गर्ने तेस वाट आम्दानी गर्न जथाभावी फजुल खर्च लाई नियन्त्रण गर्न र यस संस्थाले ७४ लाख सम्म बचत जम्मा गरेको रहेछ यस बाट ऋण लिनुहोस् व्यवसाय गर्नु र समय ऋण फिर्ता गर्नुपर्ने सुझाव दिनुभयो र यस संस्थाल को थप प्रगति को कामना गर्नु भएको थियो। यसैगरी विशिष्ट अतिथि बुद्ध पौडेल ले यस संस्था ले गरेको बचत लगानी लाई अझै थप प्रेरणा दिना को लागि ईन्प्रेड नेपाल ले पहिलो देखि सहयोग गर्दै आएको र बिभिन्न क्षेत्रमा काम गरेको छ पर्बत जिल्ला भरी नै ९००० हजर दिदि बहिनि लाई लाभान्वित गरेको छ धेरै सहकारी संस्था हरु अहिले सुन मा आएका छन् धरासायी मा गएकाे बेला चित्रे दिदि बहिनि ले आफ्नो नै संस्था स्थापना गरि आफुले नै बचत गरि शेयर लगानी गर्ने वातावरण बनाउनु र सहकारी एेन संगै दर्ता समेत रहेका यस सहकारी मा ढुक्क भएर आफै सन्चालन गरेको यस संस्थाले धेरै राम्रो कार्य गरेको जानकारी दिनुभयो ।
यसै गरी सहकारी संस्थापक अध्यक्ष सुशिला देवी गुरुङ ले सहकारी मा काम गर्ने धेरै अपठ्यारो छ शेयर सदस्य १७८ र बाल बचतकर्ता ३१ जना रहेको यस संस्थाले सुरु सुरु मा १०० बाट सन्चालन रहेको मा अहिले ५४ लाख जम्मा भएको छ सुरु मा ऋण लिँदा खाता मा मात्र तमसुक गराई दिने चलन बाट अहिले आएर सबै बचत ऋण सबै कंप्यूटर बाट अपडेट गर्नु पर्ने छ नियमित वचत गरौ र ऋण समय मा तिर्न बानि को बिकास गरै नियम कानुन मा सबै लाई समेटेर काम गर्ने सहकारी को नियम सबै ले मानु पर्छ र चिता नबुझ्ने कुरा अफिस मा आएर छलफल गर्न कुरा बताउनु भयो यसै गरी वडा का सदस्य भबिला शर्मा ले पनि यस संस्थाको थप सफलता प्राप्त होस् र अझै व्यवसायी होस सबै लाई आफ्नो वचत गर्न बानि को बिकास होस् भन्ने हेतुले सबै लाई थप प्रेरणा मिलोस् भन्दै बाषिर्क साधारण सभा सम्पन्न भएको हो। उत्त कार्यत्रममा वडा सचिव कमल पौडेलको पनि उपस्थित रहेको थियो ।

