
नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढेको टिप्पणी गरेका छन् । केन्द्रीय बागमती प्रदेश समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले ढुक्कको स्थिति भने नभएको स्पष्ट पारे ।
सरकारले विश्वासको मत पाएपछि अविश्वास सृजना भएको प्रचण्डले बताए । ‘हामीले जुन दिन झण्डै सतप्रदेशत विश्वासको मत प्राप्त गरियौं । त्यतिबेलादेखि नै अविश्वास सृजना भयो’ प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी चुनौति र अवसरको दोसाँधमा भएको अवस्थामा केही गरेर छोड्ने संकल्प दिनुपर्ने छ ।’
राष्ट्रपतिका विषयमा एक शब्द उल्लेख नगरेका प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्ने आशय व्यक्त गरेको ती केन्द्रीय सदस्यले बताए । विगतका अनुभवलाई समेत केलाउँदा सबै दलको सहमति भएमा अघि बढ्नुपर्ने बताएको प्रचण्डले बताएका छन् ।

