Friday, July 3

चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आन्तरिक उत्पादनतर्फ रू.५४ अर्ब ३७ करोड र पैठारीतर्फ रू.१६ अर्ब १४ करोड गरी अन्तःशुल्कतर्फ कुल रू. ७० अर्ब ५१ करोड असुल भएको छ।

Advertisement

गत वर्षको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्क ७.२ प्रतिशतले वृद्धि भए पनि तथा पैठारीतर्फको अन्तःशुल्क भने ५३ प्रतिशतले ऋणात्मक रहेको छ । अन्तःशुल्कतर्फका मदिरा बाहेक बियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ लगायत अन्य उत्पादन शीर्षकहरूमा आन्तरिक अन्तःशुल्क सङ्कलनमा सकारात्मक वृद्धिदर देखिए पनि मदिरामा भने ऋणात्मक रहेको छ।

Advertisement
Advertisement

table

Advertisement