Sunday, May 17

एकीकृत समाजवादी सुदूरपश्चिमको प्रशिक्षक प्रशिक्षण

नेपालअखबार, धनगढी । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) सुदूरपश्चिमको प्रदेश स्तरीय प्रशिक्षण शुरु भएको छ । समाजवादको नेपाली रुप, पार्टी संगठन निर्माण, युवा पुस्ताहरू लाई पार्टी प्रति आकर्षण बढाउन र कमिटी चलायमान बनाउन प्रशिक्षकहरू तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरुक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रदेश इन्चार्ज गरीमा शाहले जानकारी दिनु भयो ।  प्रशिक्षणमा पार्टीका अध्यक्ष माधव नेपाल ,उपाध्यक्ष प्रमेश हमाल, स्कुल विभागका सचिव अषेश घिमिरे, स्थायी कमिटी सदस्यहरूले प्रशिक्षण गराउने छन् ।

Advertisement

सोमबार देखी सुरु भएको प्रशिक्षण फाल्गुन २ गते सम्म चल्ने छ । प्रशिक्षणमा प्रदेश अन्तर्गत ९ जिल्लाका ६० जना सहभागी छन् । प्रशिक्षक प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमिटीहरुमा प्रशिक्षण गराउने तयारी रहेको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिनुभयो । प्रदेश पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए ।