Sunday, May 17

आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

नेपालअखबार, काठमाडौँ । सरकारसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा यातायात मजदुर सङ्गठन र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच आपसमा आरोप–प्रत्यारोप चलेको छ ।

अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले ल्होत्से मलको गुन्डागर्दी विरुद्धको आन्दोलन गरिएको बताएपछि यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले हिजोको आन्दोलनको जिम्मा मजदुरले लिनु पर्ने बताएका थिए । त्यसपछि मजदुर र व्यवसायीबीच आरोप प्रत्यारोप चलेको  थियो ।

Advertisement

महासङ्घले मजदुरले गरेको आन्दोलनका कारण सडकमा आतङ्क सृजना भएको आरोप लगाएको थियो । मजदुरहरूले भने व्यवसायीले मजदुरको सुरक्षामा ध्यान नदिएको आरोप लगाएका थिए ।

व्यवसायी र सरकारबीच यति वेला वार्ता जारी छ ।