Saturday, April 18

अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा

अवैध लागूऔषध गाँजा सहित गोरखामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ रातामाटाबाट गाँजा खरिद बिक्रीमा संलग्न भएको आरोपमा मंगलबार ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका ४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्एयालय गाेरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *