Saturday, April 18

‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न

गोरखा । महिलालाई ब्यवसायमा आकर्षित गर्ने उदेश्यका साथ सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियोजनाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय तहबाट महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

Advertisement

बिशेष गरेर महिलाहरुले ब्यवासय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती, अवरोध पहिचान गर्ने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको पूर्णिमा परियोजनाका जिल्ला उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले जानकारी दिए ।

त्यस्तै महिला उद्यमीहरुका लागि सम्भावित महिलामैत्री ब्यवसायको पहिचान गर्न समेत कार्यक्रमले सहयोग गर्ने उनले बताए ।

गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गोरखा नगरपालिका, धार्चे, आरुघाट, अजिरकोट, गण्डकी, पालुङटार लगायतका स्थानीय तहबाट करिब ३५ जना महिलाको सहभागीता रहेको थियो ।

कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले महिलाहरु चुलो चौकाबाट बाहिर निस्केर ब्यवसायको नेतृत्व लिदै उद्यमी बन्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *