Friday, July 3

टर्की भूकम्प : २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार

नेपालअखबार, एजेन्सि।  टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन्।

Advertisement

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरेको छ।

Advertisement
Advertisement

एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जिवितै निकालिएको थियो।

Advertisement

यस्तै सोही स्थानबाट थप दुई महिलाको जिवितै उद्धार गरिएको थियो। टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो।

यस्तै टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए।

एम्बुलेन्सले ती महिलालाई अस्पताल लिएर गएपछि उद्धारकर्ताहरूले एकअर्कालाई ताली बजाउँदै र अँगालो हालेका थिए।

मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो।

विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

लाखौं भूकम्पपीडितलाई मानवीय सहायताको खाँचो छ, उनीहरू यो चिसोमा घरबारविहीन भएका छन्। घरबारविहीन केही परिवारलाई खेल मैदानमा पाल टाँगेर राखिएको छ।