Wednesday, July 22

सरकारले भदौभित्र सार्वजनिक बिदाबारे पुनरावलोकन गर्ने

नेपालअखबार, काठमाडाैं । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ।

Advertisement

गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

Advertisement
Advertisement

बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ।

Advertisement

सरकारकी प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन्।

‘भइराखेका बिदामा २ दिन बिदा थप गर्ने निर्णय भएको छ। पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरिएको हो,’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भनिन्, ‘भदौभित्र बिदा पुनरावलोकन गर्ने निर्णय भएको छ।’

यसवर्ष पनि सरकारले पृथ्वी जयन्ती र ‘जनयुद्ध दिवस’ मा बिदा दिएको थियो।

सार्वजनिक बिदा धेरै भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन गर्ने बताएका थिए।