Wednesday, July 22

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

नेपालअखबार, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।

Advertisement

शुक्रबार सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।

Advertisement
Advertisement

उनीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊलगायत नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए।

Advertisement

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएको बताइएको छ। विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीको सहभागिता रहेको छ।