Wednesday, July 22

ओली भेटपछि चिनियाँ राजदूत बालकोटमा

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन्।

Advertisement

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन्।

Advertisement
Advertisement

राजदूतसँग झण्डै डेढ घण्टा कुरा भएको ओलीको सचिवालयले जनाएको छ।

Advertisement

प्रचण्डसँगको भेटघाट बिहान ८:३० बजे तय भएपछि राजदूतसँगको भेट बेलुकालाई सारिएको थियो।

भेटको कार्यतालिका पहिला नै तय भएको ओलीको सचिवालयले जनाएको छ।

‘शुक्रबार साँझ ६:३० बजेदेखि झण्डै डेढ घण्टा उहाँहरूबीच कुराकानी भयो’, सचिवालयले भन्यो, ‘पहिलाकै कार्यतालिका अनुसार भेट भएको हो।’

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएको थियो।

भेटमा प्रचण्डले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेका राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका थिए।

शुक्रबार दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताएका हुन्।

बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक-दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका हुन्।

‘हामी सँगै छौं। यो सँगै भएकाले टुटेको त देखाउँदैन नि,’ प्रचण्डले भने,‘राष्ट्रपति सहमति टुंगो लगाउँछौं। एक-दुई दिनमै टुंगो लाग्छ।’

यसअघि बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो।