Tuesday, April 21

स्थायी कमिटी सदस्य रायमाझी सडक दुर्घटनामा परि घाइते

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य युवा नेता आलोक रायमाझी  सडक दुर्घटनामा परि घाइते हुनुभएको छ ।

उहाँ शुक्रबार दिउँसो दुर्घटनामा पर्नु भएको हो । घाइते रायमाझीको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँको दायाँ हात भाँचिएको र शरीरका अन्य भागमा समेत चोट लागेको बताइएको छ ।

Advertisement