Wednesday, July 22

राउतले आफ्नो क्षत्रेमा सुरु गरे ‘दलान दलील’ कार्यक्रम

नेपालअखबार, जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका छन् ।

Advertisement

आफू निर्वाचित सप्तरी निर्वाचन क्षेत्र २ मा उनले ‘दलान दलील’ कार्यक्रम सुरु गरेका हुन् । उनले यस कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुगेर जनतासँग छलफल गरी योजनाहरु माग्ने र गुनासो सुन्ने कार्य शुक्रबारबाट सुरु गरेको बताए ।

Advertisement
Advertisement

‘मेरो निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुग्ने कार्यक्रम बनेको छ । जनताको दलानमै गएर उहाँहरुको गुनासो सुन्ने कार्य सुरु गरेको छु ।’

Advertisement

उनले पहिले विकास निर्माणका योजनाहरु ठेक्केदार वा नेताहरुको चाहना अनुसार राखिने गरेको बताउँदै अब जनताको आवश्यकता अनुसार जनताकै चाहना अनुसार योजनाहरु तयार पार्ने बताए ।

शुक्रबार दलान दलील कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले सडक निर्माण, विद्यालय सुधार, कृषि सडक, कृषि मिटर, विजुली पुर्याउने लगायतका समस्या समाधानका लागि डा. राउतलाई योजनाहरु दिएका छन् ।