Sunday, May 10

पोखरामा करिब ४५ जना सवार बस दुर्घटना

नेपालअखबार, पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement

दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।