Thursday, July 23

भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा

नेपालअखबार, एजेन्सि। झन्डै २ साताअघि टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन्।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन्।

Advertisement
Advertisement

सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए।  ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो।

Advertisement

उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्।

उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए।उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्‍याएका थिए।

उनलाई एडप्ट गर्न संसारभरिका सयौं मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए। अस्पतालले डिएनए परीक्षण गरी नजिकका पत्ता लगाएको थियो।

उपचारपछि उनी पूर्ण रूपमा स्वस्थ भएकी छन्। ती नवजात शिशुका बुवा आमाको नाम  अब्दाल्लाह र आफ्रा म्लेइहान थियो। जन्मिनासाथ भूकम्पमा परेकी ती सानी मान्छेको नाम पनि आफ्रा राखिएको छ। उनकी आमाको सम्झनामा उनको नाम आफ्रा राखिएको उनका अंकल खालिल अल सावादीले बताए।

सुखद संयोग कस्तो परेको छ भने सावादीको घरमा अहिले अर्की पनि  बच्चा छन्। भूकम्पको तीन दिनपछि जन्मिएकी उनकी छोरीको नाम आता राखिएको छ।  शनिबार सावादीले एउटा काखमा आता र अर्को काखमा आफ्रालाई राखेका थिए।

उनीहरू दुई जनालाई अब सँगैसँगै हुर्काउने सावादीले बताए।