Thursday, August 20

रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ

नेपालअखबार, पाेखरा । राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन्।

Advertisement

पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले बताए।

Advertisement

घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन्।

शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो।