जिल्ला सदरमुकामबाट बिप्लव समूहमा आवद्ध दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व जनपरिषद् प्रमुख ६७ वर्षीय विष्णुप्रसाद रिजाल र किसान संगठनका जिल्ला अध्यक्ष ४८ वर्षीय रोहितप्रसाद पन्त रहेका छन् ।
उनीलाई गोरखा नगरपालिका–१० विरेनचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई शान्ती विरुद्धको कसुरमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ ।
रिजाल गण्डकी गाउँपालिका–७ घ्याल्चोक र पन्त शहिद लखन गाउँपालिका–४ ताक्लुङ निवासी हुन् । उनीहरुलाई राजद्रोह सम्बन्धी गतिबिधि गरेको प्रहरीले आरोप लगाएको छ । यो सँगै बिप्लब समूहका २१ नेता कार्यकता पक्राउ परेका छन् ।
सरकारले २०७५ माघमा विप्लब नेतृत्वको नेकपामा माथि प्रतिबन्धको घोषणा गरेपछि हालसम्म २१ जनालाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

