Saturday, May 9

सिराहामा मनी ट्रन्सफरका कर्मचारीबाट लुटियो ९ लाख

नेपालअखबार, सिराहा । सिराहामा मनी ट्रान्सफरका कर्मचारीबाट लुटपाट भएको छ।

मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट कल्याणपुर नगरपालिकास्थित मनी ट्रान्सफरमा जाँदै गरेका एक कर्मचारीबाट ९ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

Advertisement

कल्याणपुर मिर्चैया सडकखण्डमा पर्ने कटहा पुलबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार चार जनाको समूहले  कर्मचारीबाट लुटेका हुन्। लुटपाट गरेर लुटेरा समूह फरार छ।

लुटेराको खोज्ने काम भइरहेको डिएसपी पाण्डेले बताए।