Wednesday, July 22

एनजिओको काममा सरकारी अनुगमन

गोरखा । स्वाँरा सघन गाउँविकास केन्द्र गोरखाले संचालन गरेको परियोजनामा जिल्ला समन्वय समितिका सदस्य सहितको टोलीले संयुक्त अनुगमन गरेको छ ।

Advertisement

सिआरएसको सहयोगमा सञ्चालन भइरहेको गोरखा पुर्नस्थापना तथा पुर्नलाभ कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।

Advertisement
Advertisement

भीमसेन थापा गाउँपालिका वडा नम्बर २ र ३ मा परियोजनाबाट सञ्चालन भइरहेका कार्यक्रमहरु संकटासन्न घरधुरी नीजि आवास पुर्ननिर्माण सहयोगबाट निर्माणाधिन घरहरु, अलैची खेती, अलैची सुकाउने भट्टी लगायतको अनुगमन गरिएको केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।

Advertisement

परियोजना मार्फत भिमसेन थापा, शहिद लखन र आरुघाट गाउँपालिकाका बिभिन्न वडाहरु गरी २ सय ४४ संकटासन्न घरधुरीलाई पुर्ननिर्माणका लागि सामाग्री, दक्ष जनशक्ति तथा आवस्यक प्राविधिक सेवा प्रदान गर्दै आएको छ ।

अनगुगमनमा जिल्ला समन्वय समितिका सदस्य तेज वराम, जिल्ला आयोजना कार्यन्वयन इकाई भवनका प्रमुख सुनिता श्रेष्ट, कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापा, स्थानिय पुर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालयका प्रतिनिधि अम्विकापौडेल, भीमसेन थापागा.पा. वडा नं ३ का वडाध्यक्ष लीलानाथ लामिछाने, गैसस महासंघ प्रतिनिधि कमल लामिछाने लगायतको सहभागिता रहेको थियो ।

अनुगमनकै क्रममा परियोजनाको प्रभावकारिकाका बारे समेत लाभग्राहीहरुसंग छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *