Thursday, July 9

लमजुङ जेसीजमा मियाँले सम्हाले अध्यक्ष पद

लमजुङ जेसीजको १० औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

२०१९ का अध्यक्ष पायल शर्माले २०२० का लागि निर्वाचित अध्यक्ष रहमत दिन मियाँलाई पद हस्तान्तरण गरेकी हुन् ।

Advertisement
Advertisement

त्यस्तै लमजुङ जेसीजको यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा देवेन्द्र गुरुङ, आइसा मिया, उपाध्यक्षहरुमा संकल्प न्यौपाने, पुजा दनाइ, विक्रम घले र आरिफ मिया चयन भएका छन् । उनिहरुलाई समेत कार्यक्रममा सपथ ग्रहरण गराइएको छ ।

Advertisement

यसैगरी नवनिर्वाचित अध्यक्ष मियाँले महासचिवमा प्रेमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ, कानुनी सल्लाहकारमा विकास श्रेष्ठ र तालिम संयोजकमा दिपेश अधिकारीलाई मनोनित गरेका छन् ।

शाखाकी अध्यक्ष पायल शर्माको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष लालमणि भण्डारी, निरुपित उपाध्यक्ष मञ्जु शाह ठकुरी, लमजुङ जेसीजका संस्थापक अध्यक्ष जमुना जोशी, २०१९ का मिस्टर लमजुङका विजेता विकास गुरुङ, ग्लोबल एक्सन नेपाल लमजुङका डिस्टिक कोर्डिनेटर विष्णु चिलवाल, मातृ शाखा व्यासनगरका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *