Thursday, July 9

प्रदेश प्रहरी गठनका बारे गोरखामा छलफल

गाेरखा । जिल्लाका सरोकारवालाहरुले प्रदेश प्रहरी गठन अपरिहार्य रहेको बताएका छन् ।

Advertisement

गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जिल्ला सदरमुकाम गोरखामा गरेको छलफल कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले नागरिकको जिऊ धनको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै सोही अनुरुप संघिय संरचना अनुसार प्रदेश प्रहरी गठनको काम अघि बढाउनु पर्ने उनीको धारणा छ ।

Advertisement
Advertisement

गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व ए आई जी सुरेन्द्रबहादुर शाही, सुरक्षा विशेषज्ञ शोभाकर बुढाथोकी, पूर्व एआईजी बमबहादुर भण्डारी लगायतले प्रदेशीक प्रहरीको आवश्यकता र महत्वबारे जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, राजनितिक दलका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *