Thursday, July 9

प्रवेश गर्‍याे पश्चिमी वायु, देशभर वर्षा/हिमपात सुरु हुँदै

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो।

Advertisement

अब यसको प्रभावले तीन दिन अर्थात् आज (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छ : नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Advertisement

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान,  मध्य र पूर्वी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *