Saturday, July 11

आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।

Advertisement

गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

Advertisement
Advertisement

दिलबहादुर रम्तेलको स्मृति सभा, ‘सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।

Advertisement

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।

गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

निर्वाचित भएपछि उनले कार्यव्यस्तताले गर्दा आफू मतदातालाई धन्यवाद दिन गाउँ-गाउँमा जान नपाएको बताएका थिए।