
नेपालअखबार, धनगढी । नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गृहजिल्लाको भ्रमण सकेर प्रदेश राजधानी धनगढीमा फर्किनुभएको छ ।
जिल्लामा आयोजना भएको १३ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न बाजुरा पुग्नुभएका मन्त्री शाही करिव एक हप्ताको गृहजिल्ला बाजुराको भ्रमण सकेर शनिबार धनगढी फर्कनु भएको हो ।
मन्त्री शाहीले बाजुराका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, मतदाता, सर्वसाधारण जनता जिल्ला स्थित कार्यालय प्रमुखहरू पाटीका नेता कार्यकर्ता सँग भेटघाट गर्नु भएको थियो । मन्त्री शाही गृहजिल्ला पुगेपछि स्थानीयले भव्य स्वागत गरेका थिए भने विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले सम्मान सहित बधाई तथा चियापान कार्यक्रमको आयोजना गरेर सम्मान गरेका थिए ।
बाजुराले प्रदेशको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको र मन्त्री शाहीले सुदूरपश्चिमको विकासमा निकै महत्वपूर्ण भूमिका खेल्नेमा आफूहरू विश्वस्त रहेको नागरिक समाज बाजुराका अध्यक्ष जनेश भण्डारीले बताएका छन । आफूहरूले दिएको अमूल्य मतको कदर भएको भन्दै स्थानीय मतदाताले निकै खुसी व्यक्त गरेका थिए । गृह जिल्ला बाजुराका एक साताको भ्रमण उपलब्धिमूलक र अर्थपूर्ण भएको आर्थिक मामिला मन्त्रीको सचिवालयले जनाएको छ ।

