
नेपालअखबार, काठमाडाैं । आज चित्रबहादुर केसी र पूर्व प्रधानमन्त्री झलनाथ खनाल बिच डल्लु स्थित खनाल निवासमा भेटघाट भएको छ।
करिब दुई घन्टा वर्तमान राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएकाे थियाे । उत्त भेटमा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अौसरवाद हावी हुँदै गरेको प्रति दुवै नेताहरुले चिन्ता व्यक्त गरेका पूर्व प्रधानमन्त्री खनालकाे सचिवालयले जानकारी दिएकाे छ ।

