Saturday, July 4

माधव नेपाललाई समवेदना दिन पुगे ओली

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन्।

Advertisement

अध्यक्ष नेपालका भाइसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको थियो।

Advertisement
Advertisement

अध्यक्ष ओली अध्यक्ष नेपाललाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।

Advertisement

गत शनिबार सरोजकुमारको निधन भएको थियो।

शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको थियो।