Friday, July 3

गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत

गाेरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न बेलायत पुगेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोलीलाई बिभिन्न साामाजिक संघसंस्थाहरुले स्वागत एवं सम्मान गरेका छन् ।

Advertisement

बुधबार बिहान बेलायतको लण्डन पुगेका प्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापालाई बिहिबार नेपाली समाज र गोरखाली समाजले औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन् ।

Advertisement
Advertisement

कार्यक्रममा गोरखाबाट गएको टोलीलाई ग्रेटर रश्मोर नेपाली समाजका अध्यक्ष रामधन राई, गोरखा समाजका अध्यक्ष राम दर्लामी, गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

Advertisement

कार्यक्रममा नगरप्रमुख पन्तले भ्रमण बर्ष २०२० मा नेपालमा पर्यटक भित्राउन बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

भगिनी सम्बन्ध स्थापनाका लागि बेलायती समय अनुसार बिहिबार बेलुका औपचारिक कार्यक्रमका बिच रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *